Kathmandu Press

स्वदेश फर्केने नेपालीलाई स्वागत गर्न राजेश हमालको आह्वान

काठमाडौं, असार ११ : अभिनेता राजेश हमालले विदेशबाट आउने नेपालीलाई स्वागत गर्न आह्वान गरेका छन्।

कोरोना भाइरसको महामारीका कारण धेरै नेपाली स्व....

स्वदेश फर्केने नेपालीलाई स्वागत गर्न राजेश हमालको आह्वान

काठमाडौं, असार ११ : अभिनेता राजेश हमालले विदेशबाट आउने नेपालीलाई स्वागत गर्न आह्वान गरेका छन्।

कोरोना भाइरसको महामारीका कारण धेरै नेपाली स्वदेश फर्किन थालेका छन्। यस्तो अवस्थामा उनीहरुलाई आफ्नो जन्मभूमिमा खुशीसाथ स्वागत गर्नुपर्ने अभिनेता हमालको भनाइ छ।

युनिसेफ र युनिलिभरको ‘हाम्रो नमस्ते अभियान’मार्फत उनले यस्तो संकटको वेला विदेशमा रहेका नेपालीलाई सहज वातावरणमा स्वदेश ल्याउन पनि आह्वान गरेका छन्।
कोरोना त्रासका वेला विदेशबाट आउन चाहेकाहरु कसरी पराइ भए भन्ने प्रश्नको साथमा उनले भनेका छन्, ‘ऊ छोरा कसैको, उ छोरी कसैको, ऊ बुवा कसैको, ऊ आमा कसैकी, दाजु, दिदीबहिनी, श्रीमान वा श्रीमती जे हुन्, हैनन् पराया। आफ्नै त हुन् नि।’

अहिलेको विषम परिस्थितिमा विदेशमा रहेका नेपाली स्वदेश फर्किन सहायता खोजिरहेको उनले उल्लेख गरेका छन्। यस्तो अवस्थामा हामी सबैले स्वच्छ मनले उनीहरुलाई स्वागत गर्नुपर्ने अभिनेता हमालको जोड छ।

प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, असार ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्