मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु
सप्तरी, असार ११ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गएराति भएको दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ।
जिल्ला प्रहरी....

सप्तरी, असार ११ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गएराति भएको दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा सप्तरीको खडक नगरपालिका–५ रंजितपुरकी ५० वर्षीया सुद्धनीदेवी दास र उनका छोरा ३० वर्षीय वीरेन्द्र दासको मृत्यु भएको छ। वीरेन्द्रले चलाएको मोटरसाइकलमा आमा सुद्धनी सवार थिइन्।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको उनीहरु सवार मोटरसाइकल एकापसमा कोक्किएको हो। दुर्घटनामा परी मोटरसाइकलमा सवार आमा, छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।









-1792413548.jpeg)

