Kathmandu Press

आज बिहानै थप ९३ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर, असार ११ : चितवनस्थित भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

....
आज बिहानै थप ९३ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर, असार ११ : चितवनस्थित भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार बिहान भरतपुर अस्पतालले सूचना प्रकाशित गरि पाल्पाका ९३ जनामा कोरोना संक्रमण पुष्टि भएकाृ जनाएको छ। असार १० गते गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

पाल्पाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा सयौं स्थानीय वासिन्दालाई राखिएको छ। उनीहरुमध्ये दुई सय ३४ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि भरतपुर पठाइएको थियो। तिनैमध्ये ९३ जनामा कोरोना देखिएको हो।

अस्पतालको सूचनामा विभिन्न स्थानका दुई सय ९७ जनाको परीक्षण गरिएको र त्यसमध्ये ९३ जनामा संक्रमण देखिएको जनाएको छ। दुई सय चार जनामा भने संक्रमण देखिएको छैन।

यो सँगै पाल्पामा संक्रमितको संख्या तीन सय ३९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले पाल्पाले जनाएको छ। एकै दिन ९३ जनामा संक्रमण देखिएपछि क्वारेन्टाइनमा रहेका अन्य व्यक्ति त्रसित बनेका छन्।

प्रकाशित मिति: ०९:५७ बजे, बिहीबार, असार ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्