इपिएलः लिरभपुलले क्रिष्टल प्यालेसलाई ४–० ले हरायो, म्यानचेस्टरको जितमा एन्थोनीको ह्याट्रिक
काठमाडौं, असार ११ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिरभपुलले क्रिष्टल प्यालेसलाई ४–० ले हराएको छ । घरेलु मैदान एन्फील्डमा लिभरपुललाई विजयी गराउन अ....

काठमाडौं, असार ११ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिरभपुलले क्रिष्टल प्यालेसलाई ४–० ले हराएको छ । घरेलु मैदान एन्फील्डमा लिभरपुललाई विजयी गराउन अलेक्जेण्डर आर्नोल्ड, फाबिन्हो, मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे ।
जितपछि लिभरपुल प्रिमियर लिगको उपाधिसँग दुई अंकको दुरीमा पुगेको छ । तर म्यान्चेस्टर सिटी आज हुने खेलमा चेल्सीसँग पराजित भएको खण्डमा भने लिभरपुलले बाँकी कुनैपनि खेलबाट अंक नजोडेपनि लिगको उपाधि उचाल्नेछ । लिभरपुलको ३१ खेलबाट ८६ अंक भएको छ ।
एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ६३ अंकसहित दोस्रो स्थानमा छ । प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३–० ले हरायो । उसका लागि तीनवटै गोल फ्रेन्च खेलाडी एन्थोनी मार्टियलले गरे ।
लिगकै अन्य खेलहरुमा एभर्टनले नर्विच सिटीलाई तथा वुल्भरह्याम्पटन वान्डरर्सले बर्नमाउथलाई १–० ले हराउँदा न्युकासल युनाइटेड र एस्टन भिल्लाले १–१ गोलको बराबरी खेलेका छन् ।









-1792413548.jpeg)

