Kathmandu Press

मालोर्कालाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा 

काठमाडौं, असार ११ : स्पेनिस ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा मालोर्कालाई २–० गोल अन्तरले हराउँदै तालिकाको....

मालोर्कालाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा 

काठमाडौं, असार ११ : स्पेनिस ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा मालोर्कालाई २–० गोल अन्तरले हराउँदै तालिकाको शीर्ष स्थानमा पुनः शीर्ष स्थानमा उक्लिएको हो ।

रियलको जितमा भिनिसियस जुनियर र सर्जियो रामोसले एक एक गोल गरे। घरेलु मैदानमा १९ औं मिनेटमा भिनिसियसको गोलमार्फत रियल मड्रिडले खेलमा अग्रता बनाएको थियो। रामोसले ५६ औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए।  रियलले ६८ अंक जोडेको छ ।

बार्सिलोनासँग पनि ६८ अंक नै छ । रियल म्याड्रिड ‘हेड टु हेड’ का आधारमा शीर्ष स्थानमा उक्लिन सफल भएको हो । मालोर्काले भने जम्मा २६ अंक बनाएको छ । मालोर्का तालिकाको अन्तिम तेस्रोमा सीमित छ ।

गएराति नै भएको अर्को खेलमा ओसासुनाले एलाभिसलाई १–० ले हराउँदा सेल्टा भिजोले रियल रोडिडाडलाई १–० ले नै हरायो । 
 

प्रकाशित मिति: ०७:२५ बजे, बिहीबार, असार ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्