अमेरिकामा मात्र २४ लाख वढी कोरोना संक्रमित
काठमाडौं, असार ११ : अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २४ लाखभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ३६ हजार १५ जना नयाँ सक्रमित थपिएक....

काठमाडौं, असार ११ : अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २४ लाखभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ३६ हजार १५ जना नयाँ सक्रमित थपिएका छन् ।
योसँगै अमेरिकामा संक्रमितको संख्या २४ लाख २४ हजार १ सय ६८ पुगेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख २३ हजार ४ सय ७३ पुगेको छ ।
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण केही महिनायता अमेरिकामा सबैभन्दा बढी छ । विश्वका २ सय १५ मुलुकका ९५ लाख २० हजार १५४ जना मानिस कोरोना भाइरस संक्रमित भएका छन् ।
कोरोना भाइरसबाट प्रभावित देशमा अमेरिकापछि ब्राजिल, रसिया, भारत र बेलायत बढी संक्रमित राष्ट्रमा पर्छन् ।









-1792413548.jpeg)

