गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुग्यो, थपिए ११ जना नयाँ संक्रमित
काठमाडौं, असार ११ : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।
बिहिबार बिहान प्रदेशका ४ जिल्लामा थप ११ जनामा कोरोना संक्रमण पुष....

काठमाडौं, असार ११ : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।
बिहिबार बिहान प्रदेशका ४ जिल्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७५३ पुगेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।
निर्देशनालयका अनुसार म्याग्दीमा ६ जना, बाग्लुङ र नवलपरासी वर्दघाट सुस्ता पूर्वमा २/२ जना र स्याङ्जामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
प्रकाशित मिति: ०६:४२ बजे, बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

