Kathmandu Press

जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १० : दाङमा बुधबार थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जनप्रतिनिधि र स्वास्....

जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १० : दाङमा बुधबार थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित ७६ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु बंगलाचुली गाउँपालिकाका ४२ र घोराही उपमहानगरपालिकाका ३४ जना रहेका छन्।

बंगलाचुली गाउँपालिकाको अनुसार वडा नम्बर २ का वडाध्यक्ष र एक महिला स्वास्थ्य स्वयंसेविकामा कोरोना पुष्टि भएको हो। यस्तै बंगलाचुली गाउँपालिका १ निवासी अर्की एक महिला स्वास्थ्य स्वयंसेविकामा पनि कोरोना संक्रमण देखिएको छ।

यससँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ।

प्रकाशित मिति: १९:२८ बजे, बुधबार, असार १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्