Kathmandu Press

प्रदेश २ मा थप एक सय तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १० : प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक ....

प्रदेश २ मा थप एक सय तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १० : प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा एक सय तीनमा संक्रमण पुष्टि भएको हो। 

संक्रमितहरु रौतहटका ४४, धनुषाका २०, सर्लाहीका २१, महोत्तरीका १२ र सप्तरीका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। जसमा २१ महिलासहित १ सय ३ जना पुरुष रहेका छन्।

यो सँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार २ सय पुगेको छ।

त्यस्तै बुधबार प्रदेश २ बाट कोरोना मुक्तहुनेको संख्या १ सय २५ रहेको छ। योसहित प्रदेश २ मा  कोरोनामुक्त हुनेको संख्या १ हजार २ सुय ३४ पुगेको छ।

प्रकाशित मिति: १९:१९ बजे, बुधबार, असार १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्