अख्तियारको क्षेत्राधिकार सम्बन्धि विधेयक अघि नबढाउन नेकपा सहमत
काठमाडौं, असार १० : राष्ट्रियसभामा पेस भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार सम्बन्धि विधेयक अघि नबढाउन सत्तासीन दल नेपाल कम्युनिष्ट प....

काठमाडौं, असार १० : राष्ट्रियसभामा पेस भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार सम्बन्धि विधेयक अघि नबढाउन सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहमत भएको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकमा प्रक्ता नारायणकाजी श्रेष्ठले विधेयकलाई समेत बैठकको एजेण्डा बनाइनुपर्ने माग राखेका थिए। श्रेष्ठको मागका विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विधेयक तत्काल अघि नबढाइने बताएका थिए।
अख्तियारले बैंकलगायत निजी क्षेत्रको भ्रष्टाचार पनि छानबिन गर्न पाउने गरी आएको विधेयकको सर्वत्र आलोचना भएको थियो।
दुई अध्यक्षले विधेयक अघि नबढाउने बताएपछि उक्त कुरा बैठकको एजेन्डामा राखिएको छैन।









-1792413548.jpeg)

