Kathmandu Press

बाजुरामा जीप दुर्घटना, १४ घाइते

बाजुरा, असार १० : बूढीगङ्गा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। से १ ज १०१९ नंको जीप फालाशैन बजारबाट सेराबजार आउन लाग....

बाजुरामा जीप दुर्घटना, १४ घाइते

बाजुरा, असार १० : बूढीगङ्गा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। से १ ज १०१९ नंको जीप फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा  सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए। सामान्य घाइते भएका अन्य १२ जनाको स्थानीयस्तरमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: १८:२७ बजे, बुधबार, असार १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्