छहरा गाउँपालिकाका अध्यक्षविरुद्ध विषेश अदालतमा भ्रष्टाचार मुद्दा
काठमाडौं, असार १० : विषेश अदालतमा पाल्पाको रैनादेवी छहरा गाँउपालिका ७ का वडाध्यक्ष देवेन्द्र पुनविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपय....

काठमाडौं, असार १० : विषेश अदालतमा पाल्पाको रैनादेवी छहरा गाँउपालिका ७ का वडाध्यक्ष देवेन्द्र पुनविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ३ लाख घुस लिएको अभियोगमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
वडाध्यक्ष पुनले काठ लिलाम तथा निकासी गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पटक–पटक रकम मागेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ। अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले सेवाग्राही घुस लिँदै गरेको अवस्थामा उनलाई रंगेहात नियन्त्रणमा लिएको थियो।
उनले आफ्नो वडामा रहेको सामुदायिक वनबाट काठ लिलामी तथा निकासी गर्ने कार्यमा सहजीकरण गर्दिए बापत प्रति क्युफिट ३० रुपैयाँका दरले घुस मागेको अख्तियारले जनाएको छ। पुनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार कारवाही गर्न माग गरिएको छ।











