Kathmandu Press

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीविरूद्धको मुद्दा सर्वोच्चद्वारा दरपीठ

काठमाडौं, असार १० : चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई पदबाट हटाउन मागसहितको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ।

उपाध्यक....

उपाध्यक्ष पदको लागि गिरीको शैक्षिक योग्यता नपुगेको भन्दै कैलालीका नरेश भट्टले सर्वोच्चमा  रिट दायर गरेका थिए। भट्टको दाबी नपुग्ने भन्दै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले दरपीठ गरेका हुन्। आयोगको उपाध्यक्षका लागि पहिलोपटक ९ असार ०७६ मा प्रकाशित सुचना अनुसार उनी अयोग्य भएको र दोस्रोपटक २० साउन ०७६ मा प्रकाशित सुचनाअनुसार उपाध्यक्ष पदमा नियुक्त भएको रिटमा उल्लेख छ। 

सरकारले आयोगको उपाध्यक्षमा अन्तिममा छनोट भएका तेस्रो नम्बरका गिरीलाई नियुक्ति गरेको थियो। उपाध्यक्षका लागि ९ जनाको आवेदनमा प्राडा. सुरेन्द्र शेरचन, प्राडा. शम्भुकुमार पहारी र गिरी अन्तिम तीनको सूचीमा परेका थिए।

रिट निवेदकहरु दरपिट विरुद्ध बेञ्चमा जाने तयारी गरेका छन्। 

प्रकाशित मिति: १७:४५ बजे, बुधबार, असार १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्