Kathmandu Press

बालुवाटारमा प्रदर्शनरत १५ जना दलित अधिकारकर्मी पक्राउ

काठमाडौं, असार १० : प्रधानमन्त्री कार्यालय बालुवाटारबाट रुकुम सोतीको जातिय नरसंहार घटनाको विरोधमा प्रदर्शन गर्ने १५ जना दलित अधिकारकर्मी पक्राउ परेका ....

बालुवाटारमा प्रदर्शनरत १५ जना दलित अधिकारकर्मी पक्राउ

काठमाडौं, असार १० : प्रधानमन्त्री कार्यालय बालुवाटारबाट रुकुम सोतीको जातिय नरसंहार घटनाको विरोधमा प्रदर्शन गर्ने १५ जना दलित अधिकारकर्मी पक्राउ परेका छन्। उनीहरुलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।

बुधबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर घटनाका दोषीलाई कारवाही गर्न ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम राखेको थियो। तर प्रधानमन्त्री ओलीले समय नदिएपछि उनीहरुले बालुवाटारको ३ नम्बर गेटमा प्रदर्शन गरेका थिए।

केही समयपछि प्रधानमन्त्रीले समय दिएको भनेर प्रधानमन्त्रीका स्वकीय सचिवले ज्ञापनपत्र बुझ्न खोज्दा अधिकारकर्मीले प्रदर्शन चर्काएका थि । प्रदर्शन चर्काएपछि प्रहरीले पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखेको पक्राउ परेकी अधिकारकर्मी शोभा सेन्चुरीले जानकारी दिइन्।

आजै स्थायी कमिटी बैठक भएकाले गेटबाट नेताहरुलाई आवतजावत गर्न समस्या भएपछि प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा जेठ १० गते विवाहका लागि प्रेमिका भगाउन गएका जाजरकोटका नवराज विकसहित ६ जनाको कुटी कुटी हत्या भएको थियो।

हत्याको विरोधमा दलित अधिकारकर्मी तथा नेताहरुले काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। प्रहरीले घटनामा सलंग्न सोतीका वडाध्यक्ष डम्बर मल्लसहित ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ।

प्रकाशित मिति: १६:२९ बजे, बुधबार, असार १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्