नेकपा स्थायी कमिटी बैठकमा एमसीसीलगायत सात बुँदे एजेण्डा पेश
काठमाडौं, असार १० : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा एमसीसीलगायत सात बुँदे एजेन्डा पेश भएको छ। अध्यक्षद्वयले सम्....

काठमाडौं, असार १० : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा एमसीसीलगायत सात बुँदे एजेन्डा पेश भएको छ। अध्यक्षद्वयले सम्बोधन गरेको बैठकमा एमसीसी लगायत सात बुँदे एजेण्डा तयार गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सुरुवातमा अहिलेको सन्दर्भमा अध्यक्षद्वयको मन्तव्य, कोरोना रोकथाम, तथा नियन्त्रण, सीमा समस्या र समधान, सरकारको कामको समिक्षा, पार्टीको कामको समिक्षा, एमसीसी र विविध गरी सात वटा एजेन्डा तयार गरेको छ। अर्को बैठक असार १२ गते बस्ने तय भएको छ।
प्रकाशित मिति: १४:५७ बजे, बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

