Kathmandu Press

‘ब्याटम्यान’का निर्देशक जोल शुमाकरको निधन

काठमाडौं, असार १० : हलिउडको चर्चित फिल्म ‘ब्याटम्यान’का निर्देशक जोल शुमाकरको निधन भएको छ। 

८० वर्षीय शुमाकरको सोमबार न्युय....

‘ब्याटम्यान’का निर्देशक जोल शुमाकरको निधन

काठमाडौं, असार १० : हलिउडको चर्चित फिल्म ‘ब्याटम्यान’का निर्देशक जोल शुमाकरको निधन भएको छ। 

८० वर्षीय शुमाकरको सोमबार न्युयोर्कमा निधन भएको हो। उनी क्यान्सरबाट पीडित थिए। उनले सन् १९८१ म साइन्स फिक्सन फिल्म ‘द इनक्रेडिबल श्रिंकिंग वुमनु आफ्नो करियरमा पहिलो फिल्म निर्देशन गरेका थिए। 

उनले निर्देशन बनेको ‘ब्याटम्यान’, ‘फलिंग डाउन’, तथा ‘सेन्ट एल्मोज फायर’ फिल्म चर्चित छन्। यस्तै गरी ‘डीसी क्याब’, ‘लास्ट बोइज’, ‘फ्ललेस’, ‘क्लायंट रअ टाइम टू किल’, ‘लिंग डाउन’, लगायतका दर्शकले अत्याधिक रुचाइएको फिल्म हुन्।

विभिन्न फिल्मको कथावस्तु समेत लेखेका उनले सन् १९७४ को टेलिफिल्म  ‘कलर बीज’ मा प्रोडक्शन डिजाइनरका रुपमा पनि काम गरेका थिए। 

प्रकाशित मिति: १३:४८ बजे, बुधबार, असार १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्