भारतमा एकै दिन झण्डै १६ हजारमा कोरोना संक्रमण
नयाँ दिल्ली, असार १० : भारतमा कोरोनाभाइरस संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ ।
सरकारी अधिकारीहरुले बुधबार दिएको जान....

नयाँ दिल्ली, असार १० : भारतमा कोरोनाभाइरस संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ ।
सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना नयाँ संक्रमित भेटिएका छन्।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोनाभाइरस संक्रमित थपिएको जनाएको छ। त्यस्तै सोही अवधिमा ४५६ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कुल मृतकको संख्या १४ हजार ४७६ पुगेको छ भने संक्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ।
प्रकाशित मिति: १३:३२ बजे, बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











