कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार १० : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार....

काठमाडौं, असार १० : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो।
प्रतिष्ठानका अनुसार संक्रमित स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बसेका र आइसोलेसनमा रहेका कोरोना संक्रमितको रेखदेखमा खटिएका थिए।
स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएसँगै आज प्रतिष्ठानमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षण गरिने भएको छ।
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानले अर्को सूचना जारी नभएसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ।
प्रकाशित मिति: १२:४४ बजे, बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

