Kathmandu Press

‘ब्याटम्यान’का निर्देशक जोल सुमाकरको निधन

काठमाडौं, असार १० : हलिउडको चर्चित फिल्म ‘ब्याटम्यान’का निर्देशक जोल सुमाकरको निधन भएको छ।

८० वर्षीय सुमाकरको सोमबार न्युयोर्कमा....

‘ब्याटम्यान’का निर्देशक जोल सुमाकरको निधन

काठमाडौं, असार १० : हलिउडको चर्चित फिल्म ‘ब्याटम्यान’का निर्देशक जोल सुमाकरको निधन भएको छ।

८० वर्षीय सुमाकरको सोमबार न्युयोर्कमा निधन भएको हो। उनी क्यान्सरबाट पीडित थिए।

उनले सन् १९८१ म साइन्स फिक्सन फिल्म ‘द इनक्रेडिबल स्रिंकिङ वुमन’बाट निर्देशन सुरु गरेका थिए।

उनले निर्देशन बनेको ‘ब्याटम्यान’, ‘फलिङ डाउन’ तथा ‘सेन्ट एल्मोज फायर’ चर्चित फिल्म हुन्। यसैगरि ‘डीसी क्याब’, ‘लास्ट बोइज’, ‘फ्ललेस’, ‘क्लायन्ट’, ‘अ टाइम टू किल’लगायतका दर्शकले अध्याधिक रुचाइएको फिल्म हुन्।

विभिन्न फिल्मको कथावस्तुसमेत लेखेका उनले सन् १९७४ को टेलिफिल्म ‘किलर बीज’मा प्रोडक्सन डिजाइनरका रुपमा पनि काम गरेका थिए।

 

प्रकाशित मिति: ११:५० बजे, बुधबार, असार १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्