टोटनह्यामसँग २–० ले हार्यो वेष्ट ह्याम
काठमाडौं, असार १० : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले वेष्ट ह्याम युनाईटेडलाई २–० ले हराएको छ । गएराति टोटनह्यामको मैदानमा भएको लण....

काठमाडौं, असार १० : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले वेष्ट ह्याम युनाईटेडलाई २–० ले हराएको छ । गएराति टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा जोजे मौरिन्होको टोली टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले एक गोल गरे ।
वेष्ट ह्यामका मिडफिल्डर टोमस सुचेकले एक आत्माघाति गोल गरेका थिए । जितपछि सातौँ स्थानमा उक्लिएको टोटनह्यामको ३१ खेलबाट ४५ अंक भएको छ । रेलिगेशनबाट जोगिने प्रयासमा रहेको वेष्ट ह्याम युनाइटेड भने २७ अंकका साथ १७ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत गएराति भएको अर्को खेलमा तेस्रो स्थानको लेस्टर सिटीले १५ औं स्थानको ब्राइटनसँग गोलरहित बराबरी खेलेको छ । प्रिमियर लिगमा आज ५ खेल हुनेछन् ।
आज शिर्ष स्थानको लिभरपुलले क्रिष्टल प्यालेससँग खेल्दा म्यान्चेस्टर युनाईटेड र शेफिल्ड युनाईटेड, न्युकासल युनाईटेड र एस्टन भिल्ला, नरिच सिटी र एभर्टन तथा वुल्भरह्याम्पटन वान्डरर्स र बर्नमाउथ भिड्नेछन् ।











