Kathmandu Press

स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लियो बार्सिलोना 

काठमाडौं, असार १० : एथलेटिक बिल्बाओलाई हराउँदैं बार्सिलोना स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । साविकको विजेता बार्साले मंगलबार राति भएको खेलम....

स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लियो बार्सिलोना 

काठमाडौं, असार १० : एथलेटिक बिल्बाओलाई हराउँदैं बार्सिलोना स्पेनिस ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । साविकको विजेता बार्साले मंगलबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओमाथि १-० को जित हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्साका इभान राकिटिकले ७१ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितपछि बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गर्दै ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। ३१ खेलमा ६८ अंक बनाएको बार्सा शीर्ष स्थानमा उक्लिएको हो।

गएराति नै सम्पन्न अर्को खेलमा एटलेटिको म्याड्रिडले लेभान्टेलाई १–० गोल अन्तरले पराजित गरेको छ। एक खेल कम खेलेको रियलको ३० खेलमा ६५ अंक रहेको छ।  रियल म्यड्रिडले आज राति मल्लोर्काविरुद्ध खेल्दै छ।

यो जितपछि एटलेटिकोको ३१ खेलमा ५५ अंक भएको छ भने लिगको तेस्रो स्थानमा रहेको छ। 
 

प्रकाशित मिति: ०७:०४ बजे, बुधबार, असार १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्