नेकपा स्थायी कमिटीको बैठक बस्दैं
काठमाडौं, असार १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दै छ ।
पार्टीका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले आज १....

काठमाडौं, असार १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दै छ ।
पार्टीका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने जानकारी दिए । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने उनले जनाए ।
यसअघि वैशाख ३१ गते पार्टीको केन्द्रीय मुख्यालय धुम्बराहीमा बैठक बस्ने भनिए पनि स्थायी कमिटीका सदस्यको कोरोना जाँचपछि मात्र बस्ने भन्दै स्थगित गरिएको थियो ।
बैठकमा स्थायी कमिटीका ४५ सदस्यका सदस्य रहनेछन् । सरकारको कामको समीक्षा, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी), बजेट र कोभिड–१९ का बारेमा बैठकमा छलफल हुने छ ।









-1792413548.jpeg)

