खेतबारीमा समय बिताउँदै अभिनेता नवाजुद्दीन सिद्दिकी
काठमाडौं, असार ९ : कोरोना भाइरसको कारण भारतमा लकडाउन भएपछि कलाकारहरु आफ्नो कर्यक्षेत्र भन्दा बाहिर व्यस्त हुन थालेका छन्। बलिउडका अभिनेता नवाजुद्....

काठमाडौं, असार ९ : कोरोना भाइरसको कारण भारतमा लकडाउन भएपछि कलाकारहरु आफ्नो कर्यक्षेत्र भन्दा बाहिर व्यस्त हुन थालेका छन्। बलिउडका अभिनेता नवाजुद्दीन सिद्दिकी पनि खेतबारीको काममा व्यस्त भएका छन्।
उनले खेतीको काम सकाएर कुलोका पानीमा हातखुट्टा धोई कोदालो बोकेर हिडेको भिडियो इन्स्टाग्राममा पोष्ट गरेका छन्। भिडियो पोष्ट गर्दै उनले लेखेका छन्, ‘आजको काम सकियो।’
उनी लकडाउनको समययमा नै बिरामी रहेकी आमालाई भेट्न उत्तर प्रदेशस्थित बुढाना गाउँ पुगेका थिए।
प्रकाशित मिति: १९:५९ बजे, मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












