Kathmandu Press

प्रदेश १ मा थपिएका २० संक्रमितमध्ये सात कुवेतबाट फर्किएका महिला

काठमाडौं, असार ९ : प्रदेश १ मा मंगलबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये १० महिला र १० पुरुष रहेका छन्। 

संक्रमित ह....

प्रदेश १ मा थपिएका २० संक्रमितमध्ये सात कुवेतबाट फर्किएका महिला

काठमाडौं, असार ९ : प्रदेश १ मा मंगलबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये १० महिला र १० पुरुष रहेका छन्। 

संक्रमित हुनेमा झापा १२ जना रहेका छन्। त्यस्तै मोरङको विराटनगर महानगरपालिकाका १, सुन्दरहरैचाकाका १, सुनसरीको धरानका २, कोसी गाउँपालिकाका १ र ओखलढुंगाका १ जना रहेका छन्।

झापाका १२ संक्रमित मध्ये कुवेतबाट फर्किएका सात महिला रहेका छन्। उनीहरु सबै आ-आफ्नो स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्दै आएका थिए।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ८३ पुगेको छ। साथै डिस्चार्ज हुनेको संख्या २८५ जना पुगेको छ।

प्रकाशित मिति: १९:२६ बजे, मंगलबार, असार ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्