Kathmandu Press

जम्बु-कस्मिरको गोलाबारीमा परी भारतीय सेनामा कार्यरत नेपाली युवाको मृत्यु

काठमाडौं, असार ९ : भारतको जम्मु-कस्मिरमा सोमबार भएको गोलाबारीमा परी एक नेपाली युवाको मृत्यु भएको छ। भारतीय सेनामा कार्यरत गुल्मीको छत्रकोट गाउँपालिका ....

जम्बु-कस्मिरको गोलाबारीमा परी भारतीय सेनामा कार्यरत नेपाली युवाको मृत्यु

काठमाडौं, असार ९ : भारतको जम्मु-कस्मिरमा सोमबार भएको गोलाबारीमा परी एक नेपाली युवाको मृत्यु भएको छ। भारतीय सेनामा कार्यरत गुल्मीको छत्रकोट गाउँपालिका वडा ५ खर्ज्याङका सेनाका हवल्दार दीपक कार्कीको मृत्यु भएको हो। 

जम्मु-काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमा रहेका कार्की पाकिस्तानबाट प्रहार भएको गोलाबारीमा परेका थिए। 

गोलाबारीमा परी घाइते भएका कार्कीको उपचारको क्रममा मृत्यु भएको हो। 

कार्की १८ वर्ष अघि भारतीय सेनामा भर्ती भएका थिए। 
 

प्रकाशित मिति: १९:१२ बजे, मंगलबार, असार ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्