उपत्यका प्रवेश गर्नेलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको परिपत्र
काठमाडौं, असार ९ : उपत्यका भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पर....

काठमाडौं, असार ९ : उपत्यका भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ। गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार निर्देशन दिएको हो।
लकडाउन खुकुलो भएसँगै उपत्यकामा प्रवेश गर्ने मानिसको संख्या बढेको छ। तर घरधनीले पीसीआर परीक्षण नगरी घरमा बस्न नदिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण गराउनेको संख्या बढेको छ।
अस्पतालमा दैनिक हजार भन्दा बढी मानिस जाने गरेका छन्। पीसीआर परीक्षण गराउने मानिसको संख्या बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिरबाट उपत्यका प्रवेश गर्ने सबैलाई १४ दिन होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्न भन्दै गृह मन्त्रालयलाई पत्र पठाएको थियो।
सोही पत्र अनुसार गृहले तीन प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको हो।









-1792413548.jpeg)

