सरकारले धमाधम उल्टो बाटोबाट विधेयक प्रस्तुत गर्यो : सांसद गौतम
काठमाडौं, असार ९ : नेपाली कांग्रेसका सांसद सांसद सञ्जय गौतमले सरकारले धमाधम उल्टोबाटोबाट विधेयक ल्याउन थालेको बताएका छन्।
उनले प्रधानमन्त्री....

काठमाडौं, असार ९ : नेपाली कांग्रेसका सांसद सांसद सञ्जय गौतमले सरकारले धमाधम उल्टोबाटोबाट विधेयक ल्याउन थालेको बताएका छन्।
उनले प्रधानमन्त्री मातहत ल्याइएको राष्ट्रिय अनुसन्धान विभागलाई गलत प्रयोग गरिएको आरोप लगाएका छन्। गृहमन्त्रालय अन्तर्गत रहेको विभागलाई प्रधानमन्त्री मातहत ल्याउँदा प्रभावकारी हुन नसकेको गौतमको भनाइ छ। सरकारले विधेयकहरुको छलफलमा उल्टो बाटो लिएको आरोप समेत लगाएका छन्। प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा छलफलमा पठाउनुपर्नेमा धमाधम राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा आइरहेको भन्दै उनले आपत्ती जनाएका छन्।
संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको विशेष सेवा विधेयकको छलफल क्रममा सांसद गौतमले फोन ट्यापिङको विषयले शक्तिको दुरुपयोग हुने भन्दै हटाउन माग समेत गरेका छन्। ‘लडाइँ युद्ध भएको अवस्थामा आवश्यकता पर्न सक्छ अहिले किन ल्याइएको हो?’ गौतमले भने । ३० वर्षे सेवा अवधिको विषयमा समेत सरकारले कर्मचारीको मनोबल गिराउनेगरी विधेयकमा समावेश गरेको भन्दै सच्याउन माग गरेका छन्।











