गोरखामा थपिए १८ नयाँ संक्रमित
काठमाडौं, असार ९ : गोरखामा गत २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका १८ जनामा संक्रमण पुष्टि भएको ....

काठमाडौं, असार ९ : गोरखामा गत २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका १८ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित मध्ये भीमसेन थापा गाउँपालिकाका १२, शहिद लखन गाउँपालिकाका ३ र बारपाक सुलिकोटका १, गण्डकीका १ र अजिरकोट गाउँपालिकाका १ रहेका छन्।
यससँगै गोरखामा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ।
प्रकाशित मिति: १५:३६ बजे, मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

