Kathmandu Press

दमका रोगी रहेका ७० वर्षीय वृद्धले जिते कोरोना

दाङ, असार ९ : कोरोना भाइरस संक्रमणले विश्व नै प्रभावित भइरहेका बेला दाङका एक ७० वर्षीयले कोरोना जितेका छन्। 

लामो समयदेखि दम रोगको समस्....

दमका रोगी रहेका ७० वर्षीय वृद्धले जिते कोरोना

दाङ, असार ९ : कोरोना भाइरस संक्रमणले विश्व नै प्रभावित भइरहेका बेला दाङका एक ७० वर्षीयले कोरोना जितेका छन्। 

लामो समयदेखि दम रोगको समस्याबाट ग्रसित बंगलाचुली गाउँपालिका –१ का वृद्ध कोरोना जितेर घर फर्किएका हुन्।

गत जेठ २० गते भारतबाट आई बंगलाचुली १ स्यूजाको क्वारेन्टाइनमा बसेका १३१ जनाको स्वाब परीक्षण गर्दा उनीसहित दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो। नतिजा पोजेटिभ आएपछि उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना गरिएको थियो।

'कोरोनाबाट बाँच्नका लागि भनेर नेपाल आउँदा उल्टै कोरोनाले भेटाएछ, अब त मरिन्छ कि भनेको, बाँचेर फर्कँदा खुशी लागेको छ,' उनले भने।

प्रकाशित मिति: १५:२९ बजे, मंगलबार, असार ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्