Kathmandu Press

क्वारेन्टाइनमै जन्मियो शिशु

प्युठान, असार ९ : प्युठानको  मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरीको क्वारेन्टाइनमा एक शिशुको जन्म भएको छ। असार १ ....

क्वारेन्टाइनमै जन्मियो शिशु

प्युठान, असार ९ : प्युठानको  मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरीको क्वारेन्टाइनमा एक शिशुको जन्म भएको छ। असार १ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेकी महिलाले १८ वर्षीया सीता खड्काले छोरा जन्माएकी हुन्।

क्वारेन्टाइनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो। स्वास्थ्य केन्द्रमै आज बिहान करीब  ८ बजे शिशु जन्माएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए। आमा र शिशु दुवैको स्वास्थ्यावस्था  सामान्य रहेको उनले बताए।

खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ। पीसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए।

प्रकाशित मिति: १५:१६ बजे, मंगलबार, असार ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्