Kathmandu Press

कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

वीरन्द्रनगर, असार ९ : सुर्खेतको कालागाउँस्थित प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका–३ का ३....

कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

वीरन्द्रनगर, असार ९ : सुर्खेतको कालागाउँस्थित प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका–३ का ३५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो।

क्षयरोगका बिरामी रहेका ती पुरुष असार ३ गते सामान्य उपचारको लािग अस्पताल पुगेका थिए। उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि आइसियूमा राखेर उपचार थालिएको थियो।

उनले बिगत दुई महिनादेखि क्षयरोगको औषधि सेवन गर्दै आएका अस्पतालले जनाएको छ। 

उनको मृत्युसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ५ पुगेको छ।

प्रकाशित मिति: १५:०५ बजे, मंगलबार, असार ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्