Kathmandu Press

सुशान्तको निधनमा महेन्द्रसिंह धोनीको परिवार पनि शोकमा

काठमाडौं, असार ९ : बलिउड अभिनेता सुशान्त सिंह राजपूतको  निधनले भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको परिवार पनि शोकमा रहेको जनाएको छ। धोनीले पनि दु....

सुशान्तको निधनमा महेन्द्रसिंह धोनीको परिवार पनि शोकमा
फाइल फाेटाे

काठमाडौं, असार ९ : बलिउड अभिनेता सुशान्त सिंह राजपूतको  निधनले भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको परिवार पनि शोकमा रहेको जनाएको छ। धोनीले पनि दुःख व्यक्त गरेका छन्।

सुशान्तको निधनको खबर सुनेसँगै धोनीले फोन गरेर दुःख व्यक्त गरेको ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ फिल्मका निर्देशक निरज निरजले बताए। ‘सुशान्तको निधनको खबरले धोनीको परिवार स्तब्ध भएको र शोकमा रहेको टेलिफोन गरेर बताएका थिए,’ निरजले भने।

सुशान्तका निधनमा खासै प्रतिक्रिया नदिएको भन्दै चर्चा हुन थालेपछि यो जानकारी बाहिर आएको हो। सुशान्त अभिनित फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ धोनीको जीवनीमा आधारित सिनेमा हो।

सुशान्तले फिल्ममा काम गर्ने क्रममा धोनीको परिवारसँग लामो समय बिताएका थिए। उनका परिवारसँग नजिकको सम्बन्ध बनेको थियो। सुशान्तको मिहिनेत देखेर धोनीले पनि प्रशंसा गरेका थिए।

निरजका अनुसार सुशान्तले धोनीजस्तो प्रख्यात खेलाडीको भूमिका अभिनय गर्दा आफूलाई भाग्यमानी ठान्ने गर्थे। यो फिल्मले सुशान्तको करियरलाई निकै उचाईमा पुर्‍याएको थियो।

 

 

प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, असार ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्