अंगीकृत नागरिकताको समस्याबारे सहमति खोजौं : यादव
काठमाडौं, असार ९ : राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद महेन्द्रराय यादवले अंगीकृत नागरिकतामा भइरहेको विवादबारे सहमति खोज्नुपर्ने बताएका छन्। मंगलबार....

काठमाडौं, असार ९ : राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद महेन्द्रराय यादवले अंगीकृत नागरिकतामा भइरहेको विवादबारे सहमति खोज्नुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नागरिकता विधेयकमा भइरहेको विवादबारे सहमति खोज्न सरकारलाई आग्रह गरेका हुन्।
उनले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा स्थायी रुपमा बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको सहमतिको विरोध समेत गरे।
यो मधेस आन्दोलनका क्रममा तत्कालिन मधेसी मोर्चासँग भएको सहमति विपरीत अंगीकृत नागरिकता विद्धेक भएको उनले बताए। त्यस्तो बेला द्वन्द्वको स्थिति सिर्जना हुने र त्यसको जिम्मा सरकारले लिनुपर्ने उनले बताए।









-1792413548.jpeg)

