Kathmandu Press

सुदूरपश्चिममा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असार ९ : सुदूरपश्चिममा कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ। आज आएको परिक्षण रिपोर्टमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स....

सुदूरपश्चिममा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असार ९ : सुदूरपश्चिममा कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ। आज आएको परिक्षण रिपोर्टमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा सक्रमण देखिएको जनाएको छ। प्रादेशिक अस्पतालका अनुसार, सबैभन्दा बढी कैलालीमा ४६ जनामा कोरोना देखिएको छ। उनीहरु कैलालीको कैरारी, भजनी र गोदावरीका रहेका छन्।

त्यस्तै, कञ्चनपुर, बाजुरा र बझामा एकएक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार २० पुगेको छ। अहिलेसम्म सुदूरपश्चिममा चार जनाको मृत्यु भएको छ भने ७२ जना निको भएका छन्।

प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, असार ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्