Kathmandu Press

बागलुङका ११ जना कोरोना जितेर डिस्चार्ज

काठमाडौं, असार ९ : बागलुङमा मंगलबार ११ जनाले कोरोना जितेर घर फर्किएका छन्। धौलागिरि क्याम्पसको प्रिआइसोलेसनमा रहेका सातजना र धौलागिरि अञ्चल अस्पतालबाट....

बागलुङका ११ जना कोरोना जितेर डिस्चार्ज

काठमाडौं, असार ९ : बागलुङमा मंगलबार ११ जनाले कोरोना जितेर घर फर्किएका छन्। धौलागिरि क्याम्पसको प्रिआइसोलेसनमा रहेका सातजना र धौलागिरि अञ्चल अस्पतालबाट चारजना निको भएर घर फर्किएका हुन्।

जसअनुसार बडिगाड गाउँपालिकाका ५, बरेङ गाउँपालिकाका २, ताराखोला गाउँपालिकाका १, गलकोट नगरपालिकाका १ र निसिखोला गाउँपालिकाका २ जना रहेका छन्।

साेमबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि मंगलबार उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। 

कुल एक सय २५ जना संक्रमित रहेका बागलुङमा हालसम्म २३ जना कोरोना जितेर घर फर्किसकेका छन्।

प्रकाशित मिति: १३:५५ बजे, मंगलबार, असार ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्