Kathmandu Press

कोरोनाबाट निको भए संसारका ४९ लाख मानिस

काठमाडौं, असार ९ : नेपालमा कोरोना भाइरस संक्रमित निको हुने दर न्यून रहेको भएपनि संसारभरका अन्य मुलुकमा भने बढिरहेको छ। अहिलेसम्म संसारका आधाभन्दा बढी ....

कोरोनाबाट निको भए संसारका ४९ लाख मानिस
एजेन्सी

काठमाडौं, असार ९ : नेपालमा कोरोना भाइरस संक्रमित निको हुने दर न्यून रहेको भएपनि संसारभरका अन्य मुलुकमा भने बढिरहेको छ। अहिलेसम्म संसारका आधाभन्दा बढी संक्रमित निको भएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार, मंगलबार मध्याह्नसम्म संसारभर ९१ लाख ९४ हजार चार सय ४५ जनामा कोरोना देखिएको छ। त्यसको ५३ प्रतिशत अर्थात ४९ लाख ४१ हजार ६ सय ५३ जना निको भएका छन्।

अहिलेसम्म संक्रमणबाट चार लाख ७४ हजार पाँच सय तीन जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ५७ हजार नौ सय १३ जनाको अवस्था गम्भीर रहेको छ।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा १० लाख तीन हजार ६२ जना निको भएका छन। अमेरिकामा संक्रमण देखिएका २३ लाख २८ हजार दुई सय २५ मध्ये एक लाख २२ हजार ६ सय ११ जनाको मृत्यु भएको छ।

त्यस्तै, दोस्रो नम्बरमा रहेको ब्राजिलमा पाँच लाख ९४ हजार पाँच सय तीन जना कोरोनाबाट निको भएका छन्। ब्राजिलमा संक्रमण देखिएका ११ लाख ११ हजार तीन सय ४८ जनामध्ये ५१ हजार चार सय सात जनाको मृत्यु भएको छ।

रुसमा पनि तीन लाख ४४ हजार चार सय १६ जना निको भएका छन्। रुसमा पाँच लाख ९२ हजार दुई सय ८० जनामा कोरोना देखिएको छ भने आठ हजार दुई सय ६ जनाको मात्रै मृत्यु भएको छ।

चौथो नम्बरमा रहेको भारतमा पनि दुई लाख ४८ हजार एक सय ९० जना निको भएका छन्। कोरोना देखिएका चार लाख ४० हजार ६ सय ८५ जनामध्ये १४ हजार १५ जनाको मृत्यु भएको छ।

एक्काइसौं नम्बरमा रहेको चीनमा ८३ हजार चार सय १८ मध्ये ७८ हजार चार सय २५ जना निको भएका छन्। चीनमा चार हजार ६ सय ६४ जनाको मृत्यु भएको छ।

नेपाल कोरोना महामारी फैलिएका दुई सयभन्दा बढी देशको सूचिमा ६६औं नम्बरमा छ। नेपालमा अहिलेसम्म नौ हजार पाँच सय ६१ मध्ये दुई हजार एक सय ४८ जना मात्रै निको भएका छन्। अहिलेसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १३:३९ बजे, मंगलबार, असार ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्