Kathmandu Press

तोलामा चार सयले घट्यो सुनको भाउ

काठमाडौं, असार ९ : कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा चार सय रुपैयाँले घटेको छ। सोमबार छापावाल सुन प्रतितोला ९१ हजारमा कार....

तोलामा चार सयले घट्यो सुनको भाउ

काठमाडौं, असार ९ : कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा चार सय रुपैयाँले घटेको छ। सोमबार छापावाल सुन प्रतितोला ९१ हजारमा कारोबार भएकोमा आज ९० हजार ६ सय रुपैयाँ कायम भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला तेजाबी सुनको मूल्य ९० हजार १६० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदी ९४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बन्दाबन्दीयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो।  

प्रकाशित मिति: १३:०० बजे, मंगलबार, असार ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्