डेब्यूका लागि कयौं निर्माता र निर्देशककहाँ चक्कर लगाएको थिएँ : अभिषेक बच्चन
काठमाडौं, असार ९ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि बलिउडमा चलिरहेको नातावाद तथा परिवारको विरोध भइरहेको छ। कयौं यसको विरोध गरिरहेका छन्।
....
काठमाडौं, असार ९ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि बलिउडमा चलिरहेको नातावाद तथा परिवारको विरोध भइरहेको छ। कयौं यसको विरोध गरिरहेका छन्।
यहि चर्चाबीच बलिउड अभिनेता अभिषेक बच्चनले पनि डेब्यूका लागि कयौं निर्माता तथा निर्देशककहाँ चक्कर लगाएको खुलाएका छन्। उनले भनेका छन, 'कयौं निर्माता र निर्देशकालाई भेटेको थिए, तैपनि डेब्यूको अवसर पाएको थिइनँ।'
अभिषेकलाई बलिउडमा प्रवेश गरेको २० वर्ष पुगेको छ। उनले यसलाई लिएर सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका छन्। जसमा डेब्यू गर्न गरिएको संघर्ष खुलाएका छन्।
उनले राकेश ओमप्रकाश मेहरासँग मिलेर करिअर सुरुआत गर्न खोजेको थिए। यसका लागि दुवै जनाले एक फिल्म बनाउने तय गरेका थिए। 'हामीले एउटा फिल्म बनाउने तय गरेका थियौं, सम्झौता एक्सप्रेस। धेरै संघर्ष गर्दा पनि कोही हामीलाई लन्च गर्न तयार भएनन्,' अभिषेकले भनेका छन्।
आफूले भेटेका थुप्रै निर्माता र निर्देशकको संख्या याद नभएको बताएका छन्। तर, कसैले पनि आफ्नो अनुरोध नस्वीकारेको उनको भनाइ छ।
रोकश र आफूले एउटा फिल्म बनाउने र त्यसको निर्देशक राकेश हुने तयारी गरेको बताए। जसमा आफू अभिनय गर्ने सोधेको खुलाएका छन्। तर, त्यो फिल्म नै बनेन्।
त्यो फिल्मका लागि बनाएको अभिषेकको लुक भने जेपी दत्तालाई मन परेको थियो। त्यसपछि उनलाई रिफ्युजीमा अभिषेकलाई लिड रोलमा लिएका थिए।
त्यसयता उनले अभिनय गर्न थालेको २० वर्ष पुगेको छ। उनी पछिल्लो पटक अनुराग कश्यपको मनमर्जिया फिल्ममा देखिएका थिए। अब उनको दुईटा फिल्म लुडो र द बिग बुल आउँदैछन्।












