जिन एयरको काठमाडौंमा चार्टर्ड उडान गर्ने तयारी
काठमाडौं, असार ९ : दक्षिण कोरियामा सञ्चालित जिन एयरले पहिलोपटक काठमाडौंमा उडान भर्ने भएको छ।
जिन एयरले ३० जुनमा इन्छन–काठमाडौँ–इ....

काठमाडौं, असार ९ : दक्षिण कोरियामा सञ्चालित जिन एयरले पहिलोपटक काठमाडौंमा उडान भर्ने भएको छ।
जिन एयरले ३० जुनमा इन्छन–काठमाडौँ–इन्छन दुइतर्फी चार्टर्ड उडान गर्ने तयारी गरेको हो। जिन एयरको चार्टर्ड उडानका लागि सउलस्थित नेपाली राजदूतावासमार्फत उडान स्वीकृति प्रक्रिया नेपालको परराष्ट्र मन्त्रालयमा पुगेको छ।
उडानको व्यवस्थापन एनआरएनए कोरिया र नेपाली राजदूतावासको समन्वयमा कोरियामा रहेका दुई ट्राभल एजेन्सी नेपाल टूर कम्पनी र लिङ्क एशिया टुर्सले गर्ने भएका छन्।
जिन एयरको यो चार्टर्ड उडान यात्रुका लागि सहुलियतपूर्ण हुने जनाएको छ। यसअघि दुईपटक चार्टर्ड उडानमार्फत कोरिया–काठमाडौँ–कोरिया गरेको कोरियन एयरमा एकतर्फी भाडावापत नेपालबाट कोरिया जाने यात्रुले एक हजार दुई सय ५० अमेरिकी डलर तिरेका थिए।
तर जिनएयरमा सात सय ५० अमेरिकी डलर मात्र लाग्ने बताइएको छ। त्यस्तै, कोरियाबाट नेपाल फर्किने यात्रुले सात सय अमेरिकी डलर मात्र तिरे पुग्नेछ।
जिनएयरको पहिलो उडान ३० जुनमा कोरियाली समयानुसार दिउँसोको १ः३० बजे इन्छनबाट हुनेछ र नेपाली समयानुसार ४ः५५ मा काठमाडौँ अवतरण गर्नेछ। साथै नेपालबाट यात्रु बोकेर सोही दिन साँझ ६ः५५ मा उक्त जहाज कोरिया उड्नेछ। जिन एयरको दोस्रो उडान ५ जुलाइमा हुने गरी तयारी गरिएको जनाएको छ।
कोरोना महामारीका कारण हवाई उडान बन्द हुँदा गत तीन महिनामा प्रवेशाज्ञा अवधि सकिएका चार हजार पाँच सय युवा दक्षिण कोरियामा रोकिएका छन् भने लकडाउनअघि कोरियाबाट छुट्टी लिएर नेपाल गएका एक हजार पाँच सयभन्दा बढी यात्रु पनि नेपालमै अड्किएका छन्। (रासस)









-1792413548.jpeg)

