गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुग्यो
काठमाडौँ, असार ९ : नेपालमा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार रातिसम्म गण्डकीका ८ जिल्लामा पुनः ५३ जना संक्रमित थपिएको ....

काठमाडौँ, असार ९ : नेपालमा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार रातिसम्म गण्डकीका ८ जिल्लामा पुनः ५३ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको हो ।
निर्देशनालयका अनुसार, गण्डकीका तनहुँ जिल्लामा १७, स्याङ्जामा ९, गोरखामा ११, बागलुङमा ८, लमजुङमा ५, पर्वत, कास्की र नवलपुरमा १–१ गरी ८ जिल्लाका ५३ जना नागरिक कोरोना पोजेटिभ देखिएका हुन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ।
प्रकाशित मिति: ०८:१२ बजे, मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

