Kathmandu Press

इटालियन सिरी ए फुटबल : युभेन्ट्सले बोलोग्नालाई हरायो 

काठमाडौं, असार ९ : इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्ट्सले बोलोग्नालाई २–० ले पराजित गरेको छ।  बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा युभे....

इटालियन सिरी ए फुटबल : युभेन्ट्सले बोलोग्नालाई हरायो 

काठमाडौं, असार ९ : इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्ट्सले बोलोग्नालाई २–० ले पराजित गरेको छ।  बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका जीतको लागि रोनाल्डोले २३ औं मितेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए ।

खेलको ३६ औं मिनेटमा डेबालाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए।  यस सिजन युभेन्ट्स दोस्रो स्थानको लाजियो भन्दा मात्र ४ अंकले अघि रहेको छ।  युभेन्ट्सले २७ खेलमा ६३ अंक जोडेको छ।  २५ खेल खेलेको लाजियोको ६२ अंक रहेको छ ।

लिगमा ३४ अंक जोडेको बोलोग्ना १० औं स्थानमा रहेको छ।   त्यस्तै एसी मिलानले लिसीलाई चार एक गोलले हराएको छ। २७ खेल खेलेको एसी मिलानको ३९ अंक रहेको छ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा  फियोरेन्टिना र   ब्रेसियाले एक एक गोलको बराबरी खेले। 

प्रकाशित मिति: ०७:०१ बजे, मंगलबार, असार ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्