Kathmandu Press

कोरोना जितेर घर फर्कनेको संख्या अहिलेसम्मकै धेरै, कहाँबाट कति भए डिस्चार्ज ?

काठमाडौं, असार ८ : कोरोना भाइरसबाट निको भएर घर फर्कनेको संख्या आज सबैभन्दा धेरै रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमल....

कोरोना जितेर घर फर्कनेको संख्या अहिलेसम्मकै धेरै, कहाँबाट कति भए डिस्चार्ज ?

काठमाडौं, असार ८ : कोरोना भाइरसबाट निको भएर घर फर्कनेको संख्या आज सबैभन्दा धेरै रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट आज एकैदिन ३७० जना घर फर्किएका बताए। तीमध्ये ३३८ पुरुष र ३२ महिला निको भएर घर फर्किएका छन्। 

आइतबार मात्र १९४ जना डिस्चार्ज भएका थिए। आज डिस्चार्ज भएर घर फर्कनेमा दैलेखस्थित दैलेख अस्पतालबाट धेरै रहेका छन्। उनका अनुसार उक्त अस्पतालबाट निको भएर घर फर्कनेको संख्या २६५ रहेको छ। तीमध्ये १९ महिला र २४६ पुरुष रहेका छन्  

कोरोना विशेष अस्पताल दाङबाट एक महिला र पाँच पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट चार महिला र दुई पुरुष, कालिकोट अस्पताल कालिकोटबाट दुई महिला र २६ पुरुष, सल्यान अस्पताल सल्यानबाट एक महिला र ३६ पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट दुई महिला र नौ पुरुष, धादिङ अस्पताल धादिङबाट चार महिला र १३ पुरुष रहेका छन्। अहिलेसम्म दुई हजार १४२ जना डिस्चार्ज भइसकेका छन्। तीमध्ये १६१ महिला र एक हजार ९६१ पुरुष छन्।

प्रकाशित मिति: १९:४४ बजे, सोमबार, असार ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्