Kathmandu Press

पहिरोले पाल्पामा दुई गाडी बगायो, दुईको मृत्यु

काठमाडौं, असार ८ :  तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिराले सवारी साधन बगाउँदा दुई जनाको मृत्यु भएको छ। पहिरोमा परेका एक जनाको उद्धार ....

पहिरोले पाल्पामा दुई गाडी बगायो, दुईको मृत्यु

काठमाडौं, असार ८ :  तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिराले सवारी साधन बगाउँदा दुई जनाको मृत्यु भएको छ। पहिरोमा परेका एक जनाको उद्धार गरिएको छ।
तानसेन–तम्घास सडकखण्डको सम्मोबारी नजीकै सडकमाथिबाट खसेको पहिराले गाडी बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए। 

पाल्पाबाट गुल्मी जाने ट्याङ्कर र  ट्रक पहिराले बगाएको हो। हालसम्म मृतकको परिचय र सवारी साधनको नम्बर खुल्न सकेको छैन। पहिराले बगाएका सवारी साधनमा कति यात्रु सवार रहेको भन्ने जानकारी आउन नसकेको ट्राफिक प्रहरी कार्यालय प्रदेश नं ५ का प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

बगाएका गाडी भीरमा अडकिएका छन्।

घटनाको जानकारी पाएसँगै प्रनाउ गिरीको नेतृत्वमा १५ जनाको टोली घटनास्थलमा खटिएको छ। सो क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ। 

प्रकाशित मिति: १९:१६ बजे, सोमबार, असार ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्