घटनाप्रति क्षमाप्रार्थी छौं : पर्यटन बोर्ड
काठमाडौं, असार ८ : नेपाल पर्यटन बोर्डले भर्चुअल मिटिङको समयमा भएको घटनाप्रति माफी मागेको छ। सोमबार बोर्डले आयोजना गरेको मिटिङको समायमा ह्याक भएर....

काठमाडौं, असार ८ : नेपाल पर्यटन बोर्डले भर्चुअल मिटिङको समयमा भएको घटनाप्रति माफी मागेको छ। सोमबार बोर्डले आयोजना गरेको मिटिङको समायमा ह्याक भएर पोर्न भिडियो बजेको भन्दै बोर्डले माफी मागेको हो।
पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना भएको मिटिङका समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्ने क्रममा पोर्न भिडियो बजेको थियो।
मिटिङको समयमा भएको असामान्य परिस्थिति प्रति माफी माग्दै घटना कसरी भयो भन्नेबारे छानबिन प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ।
प्रकाशित मिति: १८:१५ बजे, सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1792413548.jpeg)

