प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ८ : प्रदेश १ मा सोमबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल विराटनगर र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएक....

काठमाडौं, असार ८ : प्रदेश १ मा सोमबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल विराटनगर र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आज संक्रमण पुष्टि भएकामा मोरङका १२ र झापा तीनजना रहेका छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएका १५ जना मध्ये चार जना मोरङका एकै परिवारका रहेका छन्।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४६३ पुगेको छ।
प्रकाशित मिति: १७:१७ बजे, सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











