Kathmandu Press

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ८ : कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्र....

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ८ : कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा गरिएको परीक्षणमा गत २४ घण्टामा २६ जनामा कोरोना पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेका १८, सल्यानका ४, दैलेख २ जना र हुम्लाका एक जनामा संक्रमण पुष्टि भएको हो। 

योसँगै कर्णालीमा संक्रमितको संख्या १२८२ पुगेको छ।

त्यस्तै सोमबार कर्णाली प्रदेशमा थप २० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

योसँगै कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या ५५१ पुगेको छ।

प्रकाशित मिति: १६:२६ बजे, सोमबार, असार ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्