नारायणी उपक्षेत्रीय अस्पतालबाट ११ संक्रमित डिस्चार्ज
काठमाडौं, असार ८ : वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। अस्पतालमा उपचाररत रहेका ४३ मध्ये सोमबार ११....

काठमाडौं, असार ८ : वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। अस्पतालमा उपचाररत रहेका ४३ मध्ये सोमबार ११ जना डिस्चार्ज भएका हुन्।
पछिल्लो पटक गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएसँगै पर्साको जगरनाथपुर गाउँपालिका– ६ का आठजना र पर्साकै सखुवा प्रसौनी गाउँपालिका– २ का तीनजनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १५:५७ बजे, सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











