Kathmandu Press

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ८ : गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गत २४ घण्....

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ८ : गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गत २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका एक महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ। 

यससँगै गुल्मीमा कोरोना संक्रमितको संख्या १९३ पुगेको छ। संक्रमितमध्ये २० जना कोरोना मुक्त भइसकेका छन्।

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, असार ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्