Kathmandu Press

भारतसँगको सीमा नाकामा एक महिनामा नौ बीओपी स्थापना

काठमाडौं, असार ८ : भारतसँगको सीमा नाकामा गत एक महिनामा सशस्त्र प्रहरीका नौ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ।

देशका विभन्नि सीमा....

भारतसँगको सीमा नाकामा एक महिनामा नौ बीओपी स्थापना

काठमाडौं, असार ८ : भारतसँगको सीमा नाकामा गत एक महिनामा सशस्त्र प्रहरीका नौ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ।

देशका विभन्नि सीमा नाकामा नौ वटा बीओपी स्थापना गरिएको गृहमन्त्री रामबहादुर थापाका प्रेस सल्लाहकार किरण भट्टराईले बताए।  गृह मन्त्रालयले सीमामा बिओपीको संख्या पाँच सय पुर्‍याउने तयारी गरेको छ। अहिले दुई सय २१ वटा बिओपीको प्रस्ताव मन्त्रिपरिषद्ले समेत स्वीकृत गरेको छ।

यस्तै गृहमन्त्री थापाले गृह मन्त्राल सम्हाल्नुअघि सीमा क्षेत्रमा ८७ वटा मात्रै बिओपी थिए। अहिले बिओपीको संख्यामा एक सय २९ पुगेको उनले जानकारी दिए।

गत एक महिनामा डढेलधुराको परशुराम नगरापालिका३ को सिमशीर्ष र ५ को परिगाउँ, बैतडीको दशरथचन्द नगरपालिका ८ को झुलाघाट, मुस्ताङको लोमान्थाङ

गाउँपालिका ४ मा बिओपी स्थापना गरिएको छ। त्यस्तै कैलालीको कैलारी गाउँपालिका ३, भजनी नगरपालिका ७, धनगढी उपमहानरपालिका ९ र १० तथा टीकापुर नगरपालिका ८ मा पनि बिओपी स्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: १४:५१ बजे, सोमबार, असार ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्