Kathmandu Press

जब पर्यटनमन्त्री बोलिरहँदा पोर्न भिडियो बज्यो.....

काठमाडौं, असार ८ : पछिल्लो समय ‘जुम एप’ मार्फत भर्चुअल मिटिङ गर्ने क्रम बढेको छ। कोरोना भाइरसको जोखिमका कारण मानिसहरु भर्चुअल मिटिङमा सहभा....

जब पर्यटनमन्त्री बोलिरहँदा पोर्न भिडियो बज्यो.....

काठमाडौं, असार ८ : पछिल्लो समय ‘जुम एप’ मार्फत भर्चुअल मिटिङ गर्ने क्रम बढेको छ। कोरोना भाइरसको जोखिमका कारण मानिसहरु भर्चुअल मिटिङमा सहभागि हुने गरेका छन्। तर, सोमबार भने भर्चुअल मिटिङमै एउटा अनौठो घटना घटेको छ।
  
नेपाल पर्यटन बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको भर्चुअल बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो प्ले भएको छ।

मन्त्री बोलिरहँदा एक्कासी अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीले पाेर्न भिडियो प्ले गरेको थियो। 

मन्त्रीसहित करिब २ सय जना सहभागि रहेको मिटिङमा पोर्न भिडियो प्ले भयो। त्यसपछि एडमिनले तत्कालै जुम मिटिङ अन्त्य गरे। 

प्रकाशित मिति: १४:४१ बजे, सोमबार, असार ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्